काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।
सोमबार नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले सडक, खानेपानीजस्ता आधारभूत आवश्यकतामा समेत राजनीति हुनु दुःखद भएको बताए ।
उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी ढंगले काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे ।
सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट पुराना गलत प्रवृत्ति दोहोरिन नहुने अपेक्षा व्यक्त गर्दै जनमुखी विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
उनले स्थानीय तहले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया