प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम संखुवासभाका अधिकारीलाई सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले यसअघि हिजो सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरेका थिए ।

उनी पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ नियुक्ति गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?