प्रधानमन्त्री बालेन नआएपछि संसद् बैठक छाडेर हिडे हर्क साम्पाङ

लोकपथ
154
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नभई नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन नसकिने भन्दै श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ ।

आज बसेको बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गर्न अनुमति पाएपछि सो निर्णयको विरोध गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री अनुपस्थित रहेको अवस्थामा छलफल अघि नबढाउनुपर्ने अडान लिँदै पार्टीले आपत्ति जनाएको हो ।

यसैबिच विपक्षी दलका नेताहरूले पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् । उनीहरूले संसद् सञ्चालनमा असहमति जनाउँदै नाराबाजीसमेत गरेका थिए ।

सभामुखडोलप्रसाद अर्यालले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षी सांसदहरू आफ्नो अडानमा कायम रहेपछि बैठक अवरुद्ध भएको छ ।

संसदमा उत्पन्न तनावका कारण नीति तथा कार्यक्रममाथिको छलफल अनिश्चित बनेको छ ।

यसैबिच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद् छोडेर बाहिरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?