प्रधानमन्त्री बालने आज संसद नजाने, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

लोकपथ
147
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ आज प्रतिनिधिसभामा नदिने भएका छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो ।

तर, प्रधानमन्त्री आजको बैठकमा सहभागी नहुने भएका हुन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका तर्फबाट सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?