नेपालमा लगानी गर्ने विदेशीलाई सरकारले ‘लगानी भिसा’ उपलब्ध गराउने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले नेपालमा लगानी गर्ने विदेशी नागरिकहरुलाई लगानी भिसा उपलब्ध गराउने भएको छ ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८३–०८४ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम बाचन गर्दैै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘ विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी कानुन मार्ग विस्तार गरिनेछ । नेपाल सरकारले तोकेको भन्दा बढी लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ ।’

यसैगरी विशेष आर्थिक क्षेत्रहरुको विस्तार गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?