टर्किस एयरलाइन्सको विमानमा अवतरणका क्रममा आगलागी, सबै यात्रु सुरक्षित

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको एउटा विमानमा अवतरणका क्रममा समस्या देखिएको छ ।

बिहान करिब ७ बजे इस्तानबुलबाट आएको उक्त विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको बताइएको छ ।

अवतरणपछि विमानको पाङ्ग्रामा आगो लागेको भए पनि विमानस्थलमा तैनाथ दमकल टोलीले तत्काल आगो नियन्त्रणमा लिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेका छन् । घटनापछि विमानस्थलमा केही समय उडान तथा अवतरण सेवा प्रभावित भएको भए पनि अहिले अवस्था सामान्यतर्फ फर्किएको जनाइएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?