विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
0
Shares

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि उनीहरूलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी भट्टलाई पाँचौँ पटक र अग्रवाललाई छैटौँ पटक समान १२ दिन म्याद थप गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?