काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटघाट गरेका छन् ।
बुधबार बिहान सभापति थापा र उपसभापति शर्मा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद निरुपण गरेसँगै दुवै पक्षले भेटवार्तालाई तिव्रता दिइरहेका छन् ।
आजको भेटमा कांग्रेसको बृहत्तर एकता लगायतका विषयमा छलफल भएको बताइएको छ ।
त्यसो त गत वैशाख ४ गते सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई आधिकारिकता दिएसँगै दुई पक्षबिच असन्तुष्टी बढिरहेको छ । तर नेताहरुले भेटघाटलाई तिव्रता दिँदै पार्टीलाई एक बनाएर अघि बढ्ने सहमति गरिरहेका छन् ।
यसअघि गत वैशाख ६ मा सभापति थापाले खड्कालाई एक्लै भेटेका थिए । त्यसपछि पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकसँग समेत सभापति थापाले भेट गरेका थिए ।
यता कांग्रेसको कोइराला समूहको प्रतिनिधित्व गरिरहेका डा. शेखर कोइरालासँग सभापति थापाले मंगलबार भेट गरेका थिए ।
गत पुसको अन्तिम साता गगन–विश्वको नेतृत्वमा काठमाडौंमा विशेष महाधिवेशन सम्पन्न भएसँगै कांग्रेसभित्र तिक्तता देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया