अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टलाई ६ महिनाको कैद सजाय

लोकपथ
280
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका शाखा अधिकृत महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले उनीमाथि कैद सजाय र जरिवाना तोकेको हो । 

काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत हेमन्त भट्टराईले सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका विष्टलाई ६ महिना कैद सजाय र जरिवाना तोकेको बताए । 

भुषालकै इजलासले गत चैत २२ गते विष्टलाई दोषी ठहर गरेको थियो ।

अनधिकृत पत्रकै आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो । पत्र सार्वजनिक भएपछि सर्वोच्च अदालत प्रशासनले आफैं उक्त पत्र अनधिकृत भएको भन्दै अनुसन्धान गर्न भनेर माग गरेको थियो । त्यसपछि विष्टलाई नियन्त्रणमा लिएर लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?