काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले आज पनि निरन्तर सुनुवाइ गर्ने भएको छ ।
बिहीबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
रिटमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दिएका छन् ।
आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्णय गरेको थियो ।
यसैबिच, मुद्दा विचाराधीन रहेकै अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै खड्काले पूरक निवेदन पनि दिएका छन् ।
देउवा पक्ष र निर्वाचन आयोगका तर्फबाट बहस सकिएको छ भने आज विपक्षी पक्षका कानुन व्यवसायीको बहस हुनेछ ।
सबै बहस सकिएपछि आजै आदेश आउने सम्भावना रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया