काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वउपसभामुख इन्दिरा राना मगरलाई प्रतिनिधिसभा निर्वाचनमा जिताउन आह्वान गरेका छन् ।
आज झापा–२ मा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले इन्दिरा राना मगरलाई जिताउन आह्वान गरेको हुन् ।
उनले पूर्वसभामुख देवराज घिमिरेको सभामुख कार्यकाललाई लिएर टिप्पणी गरेका छन् । लामिछानेले घिमिरेले सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाए ।
‘म त्यस्तो मान्छेसँग उभिएको छु, जसका आफ्ना सन्तान छैनन् तर यो देशका सयौँ–हजारौँ बालबालिकाले उनलाई आफ्नो आमा मान्छन् । जेल परेका बाबुआमाका छोराछोरीलाई उच्च शिक्षा दिलाएर उज्वल भविष्य बनाइदिने आमा हुन् इन्दिरा राना,’ लामिछानेले भने, ‘यस्तो पवित्र व्यक्तित्वलाई समेत अपमानित गरेर मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लागेको छ । विश्वले सुनोस्, इन्दिरा राना मगर एउटा गौरवशाली नाम हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया