नेपाल पहिलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै 

लोकपथ
49
Shares

काठमाडौं । नेपाल पहिलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदैछ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगिताका लागि १८ सदस्यीय नेपाली टोली आज मलेसिया प्रस्थान गरेका हुन् ।

यस प्रतियोगितामा १२ देशका टोलीले भाग लिनेछन् । आयोजक मलेसिया हाल विश्व डजबल र्‍याङ्किङमा नम्बर–१ मा रहेको छ । नेपाली टोलीका खेलाडीहरूका लागि यो दोस्रो अन्तर्राष्ट्रिय अनुभव हो ।

नेपालबाट टोली प्रस्थान गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले खेलाडीहरूलाई बिदाइ दिँदै उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका छन् ।

नेपालमा डजबल खेल दिन–प्रतिदिन लोकप्रिय बन्दै गएको छ । नेपाल डजबल फेडेरेसनले विद्यालय, कलेज र सामुदायिक स्तरमा खेलको बारेमा जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

नेपाली टोलीमा कप्तान विराज दाहालसहित १२ खेलाडी रहेका छन् । टोलीसँगै टोली प्रमुख, व्यवस्थापक, प्रशिक्षक, ट्रेनर र मिडिया अफिसर पनि छन् ।

जर्सी पुल मुख्य प्रायोजक, इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी डिजिटल पार्टनरका रूपमा सहभागी छन् । 

नेपाली टोलीले यस ऐतिहासिक सहभागिताबाट अन्तर्राष्ट्रिय डजबल क्षेत्रमा नेपालको पहिचान बढाउने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?