वीरगंज । एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबिच विशेष छुट सम्बन्धि सम्झौता भएको छ ।
अब बैंकका ग्राहकहरुले वीरगंजस्थित किरण आँखा अस्पतालमा आँखा उपचार गर्दा डिजिटल भुक्तानी गरे १० प्रतिशतसम्म छुट पाउनेछन् ।
यो छुट कन्सल्टेशन, अपरेसन, दृष्य परीक्षण, इएमआइ लगायतका सेवामा लागु हुनेछ । सुविधा प्रयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार, यस सहकार्यले ग्राहकलाई आँखा उपचारमा सहयोग पुग्ने मात्र होइन, मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न पनि मद्दत पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया