पोखरा । पोखरा महानगरपालिका वडा नं. ३१, बेगनासतालस्थित वेगनास लेक फ्रन्ट रेस्टुरेन्ट र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन तथा ग्राहकहरुले वेगनासतालको रमणीय दृश्यको आनन्द लिँदै वेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत छुट पाउने छन्।
उक्त सम्झौतापत्रमा वेगनास लेक फ्रन्ट रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल र प्रभु बैंक लिमिटेडका तर्फबाट तालचोक शाखाका प्रबन्धक प्रकाश पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंक, हाल नेपालभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले अत्याधुनिक प्रविधि मार्फत प्रतिस्पर्धी र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।
साथै, प्रभु बैंक हालै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया