नारायणी नदीमा बग्दै आएको पुरुषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार 

लोकपथ
12k
Shares

काठमाडौं । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । 

अन्दाजी ४०/५० वर्षीय ती पुरुषलाई नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमान्डमा खटिएको सुरक्षा फौजले जीवितै उद्धार गर्न सफल भएको हो ।

उद्धारपश्चात् उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवनतर्फ पठाएको छ । उनको अवस्था सामान्य रहेको भएता पनि नाम वतन भने खुलाउन नसकेको सशस्त्र प्रहरी बलका केन्द्रीय सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?