काठमाडौं । ६१ किलो सुनकाण्डमा संलग्न आरोपमा शुक्रबार पक्राउ परेकी अमला रोका आज सरकारी वकिलसमक्ष पेस भएकी छिन् ।
भद्रकालीस्थित जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार यस प्रकरणका अन्य प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा पठाइएकाले अमलालाई पनि थुनामा पठाउने सम्भावना छ । सम्भवतः आजै थुनछेक बहससमेत हुनेछ ।
गत वर्ष साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा अमला रोकाको प्रत्यक्ष र महत्त्वपूर्ण भूमिका देखिएको अनुसन्धानबाट खुलेको छ । उनका पति तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङसहित अन्य प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया