सुदूरपश्चिम रोयल्सले गर्‍यो ६ खेलाडी रिटेन, ६ जनालाई रिलिज

लोकपथ
2.1k
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले आगामी सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ ।

राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा रिटेन गरिएको छ । ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद पनि रिटेन गरिएका खेलाडी हुन् ।

त्यस्तै, सुदूरपश्चिमले ६ खेलाडीलाई रिलिजसमेत गरेको छ । अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको हो ।

सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले रिलिज गरिएका खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी ड्राफ्ट र ट्रायलबाट नयाँ अनुहारलाई टोलीमा स्वागत गरिने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?