क्यानडा । ईन्टरनेशनल म्युजिक डे को अवसरमा आज शनिबार साँझ ब्राम्पटनमा गायक रामकृष्ण ढकाल को एकल लाईभ म्युजिक कार्यक्रम हुँदैछ।
प्रगतिशील समूह को आयोजनामा हुने सो कार्यक्रम भुखाराग्रील रेस्टुरेन्ट मा बेलुकी ७ बजे सुरु हुनेछ। गायक ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदय राज पौडेल ले साथ दिनेछन्।
एक सय जनाको सहभागिता रहने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। कार्यक्रममा ढकालका चर्चित गीतहरू सहित नारायण गोपाल का केही लोकप्रिय गीतहरू पनि प्रस्तुत हुनेछन्।
मुख्य प्रायोजक पोख्रेल ल फर्म तथा अन्य सहयोगी संस्थाहरूको साथमा कार्यक्रम सम्पन्न गरिँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया