नवलपरासीमा डाइभर्सन बन्द, दुम्कीवास पुल नखुलुन्जेल वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

लोकपथ
1.2k
Shares

नवलपरासी । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । लगातारको वर्षाले डाइभर्सन  बगाउने जोखिम बढेपछि यस्तो निर्णय भएको हो ।

पुस २६ गते दुम्कीवास पुल भत्किएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । गत बिहीबार राति डाइभर्सन पार गर्दै गरेको बस बगाएपछि प्रशासनले जोखिम न्यूनिकरणका लागि डाइभर्सन बन्द गर्ने निर्णय गरेको छ ।

असार १६ गतेभित्र नयाँ पुल सञ्चालन हुने निर्माण पक्षले जानकारी दिएको छ । हाल हलुका सवारी होङ्सी सिमेन्ट गेट हुँदै सर्दी–दुम्कीवास बजार मार्ग प्रयोग गर्दै छन् । मालवाहक सवारी भने रोकिएको छ ।

दाउन्ने खण्डमा पनि हिलो र चिप्लोपनका कारण ठूला सवारीसाधन चल्न नसकेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । ‘छिटो मर्मत सम्भव भए हप्ताभित्र सुधार आउला,’ उनले भने, ‘तर अहिलेका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह छ ।’ पूर्व–पश्चिम राजमार्गको अस्तव्यस्तताले स्थानीय र व्यवसायीहरू प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?