कारागारबाट रविको सन्देश – ‘मलाई नियोजित षड्यन्त्रको सिकार बनाइयो’(पूर्णपाठ)

लोकपथ
861
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको आरोप नियोजित षड्यन्त्र भएको बताएका छन्।

सार्वजनिक अपिलमार्फत लामिछानेले यो सबै राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने प्रयास भएको उल्लेख गरेका छन्।

अपिलमार्फत जनतालाई धैर्य राख्न आग्रह गर्दै लामिछानेले लेखेका छन्, ‘म फेरि जनताको बीचमा आइ जिम्मेवारी बहन गर्न तयार छु। अहिलेको यो चक्रब्युह मलाई जनताबाट अलग पार्न बनाइएको हो।’

उनले वैवाहिक सम्बन्धसँग जोडिएका विषयलाई राजनीतिक स्वार्थले उछालिएको र विगत तीन वर्षदेखि चरित्र हत्या अभियान चलाइएको दाबी गरेका छन्। ‘टुक्रिन तयार छु, झुक्न सक्दिन, ‘लामिछानेले अपिलमा उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?