रास्वपाको महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई, प्रवक्तामा झा

लोकपथ
3.3k
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कबिन्द्र बुर्लाकोटीलाई पार्टीको महामन्त्रीमा नियुक्त गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समितिको बैठकले बुर्लाकोटीलाई महामन्त्री तोक्ने निर्णय गरेको हो ।

यसअघि उनी कार्यवाहक महामन्त्रीको भूमिकामा थिए । अब कार्यवाहकको जिम्मेवारी हटाएर उनलाई औपचारिक रूपमा महामन्त्री बनाइएको हो ।

त्यस्तै, बैठकले मनिष झालाई पार्टीको प्रवक्ताको जिम्मेवारी पनि दिएको छ। झा यसअघि कार्यवाहक प्रवक्ताका रूपमा रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?