काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्मित ओभरपासको उद्घाटन भएको छ ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ओभरपासको उद्घाटन भएको छ । प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।उक्त ओभरपास निर्माणका लागि २०७८ साल फागुन १२ गते ठेक्का लागेको थियो ।

त्यसपछि निर्माण सुरु भएको उक्तपरियोजना सम्पन्न हुनका लागि ४ वर्षभन्दा बढी समय लागेको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया