विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलन अन्त्य गर्नुपर्छ : अध्यक्ष दाहाल

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद् आउनुअघि नै तयारीमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा विपद्को अवस्था र पूर्व तयारी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले पनि विपद् नआएसम्म त्यसको तयारीमा ध्यान नदिने प्रवृत्ति रहेको बताए ।

‘हामीकहाँ कल्चर कस्तो छ भने, विपद् नआउँदासम्म त्यसको तयारीको लागि ध्यान नदिने, आइसकेपछि तयारी नपुगेरै ठुलो क्षतिको सामना गर्नुपर्ने अवस्था हुन्छ । यस्तो प्रचलन अन्त्य गर्नुपर्छ,’ उनले भने ।

अध्यक्ष दाहालले विपद्बाट हुनसक्ने क्षति न्यून गर्न आवश्यक कानुन, ऐन, प्राविधिक पूर्वाधार, सामग्री तथा सञ्चारको तयारी सबै क्षेत्रमा आवश्यक रहेको बताए ।

‘यसको गम्भीरता र संवेदनशीलतालाई बुझेर युद्ध स्तरमा तयारीमा लाग्नुपर्छ,’ उनले अपिल गरे ।

उनले सम्भावित विपद् र क्षति न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल, भातृ संगठनलगायत सबै संघसंस्थालाई सक्रिय हुन समेत आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?