प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुको बैठक सिंहदरबारमा

लोकपथ
609
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुको बैठक बसेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागि रहेका छन् ।

यसअघि बिहीबार नै बैठक बस्ने भनिएको थियो । तर हिजो अन्तिम समयमा बैठक स्थगित भएको थियो ।

विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर संसदमा अवरोध भएपछि तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा तीन शीर्ष नेताहरुसहित गृहमन्त्री रमेश लेखक, माओवादी सांसद वर्षमान पुन समेत बैठकमा सहभागि रहेका छन् ।

आजको बैठकमा संक्रमणकालीन न्यायसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?