काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावली बमोजिम निर्धारण भए पनि सूचिबाट हटाइनु दुःखद् भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले नियमावलीमै व्यवस्था भएको विषयमा रास्वपाले अर्घे ल्याई गर्नु दुःखद् भएको बताएका हुन् ।
संसदमा रास्वपाको विरोध जारी रहेको अवस्थामा प्रधानमन्त्रीलाई रोष्टममा पुर्याएर नाराबाजी गराउने विषय शोभनीय नदेखिने अवस्थामा सभामुखले कार्यसूची हेरफेर गरेको उनको दाबी थियो ।
उनले अध्यागमन प्रणाली र भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दलसँग भएको दुई बुँदे सहमतिमा सबै कुरा समेटिएको दाबी गर्दै अब रास्वपाले मागेको के हो भन्दै प्रश्न गरे ।
संसदीय लोकतान्त्रिक प्रणालीमा विपक्षी दल मुख्य कुरा भए पनि उनीहरूसँग हुने समझदारी मुख्य विषय हुने भन्दै रास्वपा संसदीय प्रणालीमा आए पनि पद्धति र संस्कारमा अभ्यस्त हुन नसकेको बर्तौला को आरोप थियो ।
उनले रास्वपाले उठाएको मुद्दा सुन्छ कि सुन्दैन भनिरहनुभन्दा सरकारले सुन्ने मात्र हैन कार्यान्वयन गर्नसमेत तयार रहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया