काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला सुनको मूल्य लाख ९५ हजार ५ सय रहेको थियो । आज मूल्य गिरावट आइ १ लाख ९४ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले गिरावट आएको छ । अघिल्लो कारोबार दिन २ हजार २ सय रहेको चाँदीको मूल्य आज भने घटेर २ हजार १ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया