काठमाडौं । नेपाली कांग्रेस सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने कामहरू मात्र समावेश गर्न सुझाव दिएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीहरूबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काम मात्र समावेश गर्नुपर्नेमा जोड दिएका हुन् ।
हरेक पटक बजेट आयो, पुरानै कार्यक्रमहरू राख्यो तर गर्न चाहिँ केही गर्न सकेन भन्ने खालका कार्यक्रमहरू ल्याउने क्रम रोक्नुपर्ने बताए ।
सांसद चौधरीले जति बोलेको हो त्यति गर्नेगरि बजेट ल्याउनुपर्छ भन्दै हल्का र सस्तो लोकप्रियताका लागि बजेट ल्याउनु भन्दा शतप्रतिशत कार्यान्वयनमा जानेगरि ल्याउनुपर्ने स्पष्ट पारे ।
नीति तथा कार्यक्रममा प्रस्तुत भएका सबै कुरा बजेटमा समावेश गर्नुभन्दा छानेर आफ्नो क्षमता अनुकूलको बजेट बनाउनुपर्नेमा उनको जोड थियो ।
उनले नीति तथा कार्यक्रममा समावेश भएका सबै कार्यक्रम समेट्नुपर्छ भन्दा पनि चुनिएका क्षेत्रमा ध्यान केन्द्रित गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिए ।
उनले साना साना कुरा बजेटमा समेट्नुको कुनै अर्थ नहुने भएकाले हुनसक्ने काम मात्र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया