घट्यो सुनको मूल्य, चाँदीको पाँच रुपैयाँ बढ्यो

लोकपथ
2.7k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा एक हजार ४०० रुपैयाँ घटेको छ । चाँदीमा भने प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा बेचबिखन भइरहेको छ । 

बिहीबार प्रतितोला सुन एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?