काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आठ जना नायव महानिरीक्षक (डीआईजी) ले आवेदन दिएका छन् ।
बढुवा समितिको सचिवालयले गत वैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो । आवेदन भर्ने मिति आइतबार सकिइसकेको छ ।
आवेदन भर्नेमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएकाहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी छन् ।
यसैगरी नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्रको डीआईजी जस्तो उच्च पदमा पुग्न सफल लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन् ।
यस्तै सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले एआईजीको लागि आवेदन दिएका छन् ।
३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम २ वैशाखको रातिदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त एक पदमा बढुवा हुने भएको हो । बढुवा भए तीन वर्षपछि भावी संगठन प्रमुखको दाबेदार र नभए विभिन्न मितिमै डीआईजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवा विशेष बन्न पुगेको छ ।
अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्ने बलियो आधार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो बनेको छ । विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ ।
बढुवाका मुख्य दाबेदार मानिएका गिरी तालिम र फौजी अनुशासनमा निकै कमजोर मानिन्छन् । उनी विगतमा डिउटीमै मदिरा पिउनेदेखि मातहतका प्रहरीलाई कुटेर विवादमा तानिएका थिए । त्यसबेला उनीविरुद्ध मानव अधिकार आयोगमा समेत उजुरी परेको थियो । यस्तै, हाइटीमा कार्यरत रहँदा पनि गिरी मदिराकाण्डमै कारबाहीमा परेर नेपाल फर्काइएका (रिपाट्रिएट) थिए
१८ चैत २०५४ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि भने अहिले एआईजीमा बढुवा हुने व्यक्ति सबैभन्दा सिनियर एआईजी हुने भएकाले संगठन प्रमुख बन्ने सम्भावना बलियो हुन्छ । जसका कारण अहिलेको एआईजी बढुवामा भावी नेतृत्व पनि जोडिएपछि बढुवा निकै सकसपूर्ण बनेको हो । यो अवस्थामा सि.सं. १, २ का टोलीसमेत आईजी बन्ने अवस्था नभई पदावधिकै कारण अवकाशमा जानु पर्ने भएकाले सि.सं. १ को टोलीले पनि यो बढुवालाई ‘गर कि मर’को रूपमा लिएको बुझ्न कठिनाइ छैन ।
आवेदन भर्ने आठ जनामध्ये गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको गत पुस २२ गते मात्रै एक वर्ष म्याद थप गरिएको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने व्यवस्थाअनुसार उनीहरूको एक वर्ष पदावधि थप भएको थियो । उनीहरू एआईजीमा बढुवा नभए आगामी २१ पुसमा डीआईजीबाटै अवकाशमा जानेछन् ।
बढुवाका लागि ८ जनाले आवेदन दिएको भए पनि कमल गिरी र गणेश ठाडामगरबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसको निक्र्याैल श्रीलंका भ्रमणमा रहेका गृहसचिव गोकर्णमणि दुवाडी स्वदेश फर्किएपछि हुने छ । गृहसचिव दुवाडी आज बिहान पौने ९ बजे एयर इन्डियाको विमानबाट त्यसतर्फ गएका हुन् । उनी शुक्रबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।
एआईजी बढुवा सिफारिस समितिमा गृह सचिव अध्यक्ष रहेको समिति हुन्छ । उक्त समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले एआईजी बढुवालाई निश्चित गर्नेछ ।
बढुवाको मुख्य दाबेदारमध्ये गिरी र ठाडामगर दुवै विवादित अधिकृत हुन् ।
बढुवाका मुख्य दाबेदार मानिएका गिरी तालिम र फौजी अनुशासनमा निकै कमजोर मानिन्छन् । उनी विगतमा डिउटीमै मदिरा पिउनेदेखि मातहतका प्रहरीलाई कुटेर विवादमा तानिएका थिए । त्यसबेला उनीविरुद्ध मानव अधिकार आयोगमा समेत उजुरी परेको थियो । यस्तै, हाइटीमा कार्यरत रहँदा पनि गिरी मदिराकाण्डमै कारबाहीमा परेर नेपाल फर्काइएका (रिपाट्रिएट) थिए ।
जातीयताको चर्को व्यवहार गर्ने ठाडामगर थप विवादित अधिकृत हुन् । शैलेन्द्र खनाल आईजीपी हुँदा उनलाई स्पष्टीकरण समेत सोधिएको थियो ।
ठाडामगरमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि होच्याएको आरोप छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन्
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प त्यसबेला जो बाइडेनसँग चुनावमा हारेको समाचार आएलगत्तै तत्कालीन एसएसपी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्बिर पोस्ट गरेका थिए । साधारण व्यक्तिजस्तो गरेर तत्कालीन एसएसपी ठाडामगरले आफ्ना राष्ट्रपतिलाई होच्याएको भन्दै अमेरिकी दूतावासले समेत सशस्त्र मुख्यालयसमक्ष कूटनीतिक रूपमा असन्तुष्टिसमेत पोखेको थियो ।
डीआईजी ठाडामगरले एसएसपी भएकै बेला माघ महिनामा सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे फौजी आचरणविपरीत गम्भीर टिप्पणी गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा आलोचनात्मक पोस्ट र टिप्पणी गर्न रुचाउने ठाडामगरले त्यसबेला पूर्वराजा ज्ञानेन्द्रमाथि ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आसमा बस्नु मनको लड्डु घिउ’ भनेर पोस्ट गरेका थिए ।
उनीमाथि नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्करी खुलाएको गम्भीर आरोप छ । सो बाहिनीको बाहिनीपति हुँदा उनी र विवाद भन्ने शव्द पर्याय नै बनेको थियो । उनी त्यहाँको बाहिनीपति हुँदा सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या भएको थियो । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको त्यसबेला चर्चा चलेको थियो । उनको शव भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा नग्न अवस्थामा भेटिएको थियो ।
यादवको हत्या प्रकरण थप पेचिलो बनेपछि त्यसबेला सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति नै गठन गरेको थियो ।
यस्तै, नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर एआईजीजस्तो विशिष्ट श्रेणीको पदमा पुग्न आवेदन दिएका डीआईजी सिंह एसपी हुँदा रेशमलाल चौधरी मुछिएको टीकापुर काण्डमा जोडिएका व्यक्ति हुन् । त्यस दिन प्रदर्शन हुँदा टीकापुर गणबाट उनीसँगै निस्किएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको निधन भएको थियो । त्यस दिन आठ सुरक्षाकर्मी र एक जना नाबालकको निधन भएको थियो । टीकापुर गणका तत्कालीन एसपी सिंह भने बचेका थिए । त्यसबेला सिंह र रेशमलाल चौधरीको आत्मीय सम्बन्ध रहेको चर्चा पनि चलेको थियो । सिंह र प्राविधिक पृष्ठभूमिका पाल दुवै कार्यक्षमतामा कमजोर मानिन्छन् । पाललाई पनि ५ नम्बर बाहिनीको बाहिनीपति हुँदा तस्करी खुलाएको आरोप छ । त्यहाँको बाहिनीपति रहेकै बेला उनलाई पनि सोधपुछको लागि सशस्त्र मुख्यालयले बोलाएको थियो । पाल केही दिनअघि मात्र ७ नम्बर बाहिनीमा सरुवा भएका छन् ।
प्राविधिक पृष्ठभूमिकै कालिदास धौबजी र कुमार न्यौपानेले भने आवेदन दिएका छैनन् । धौबजी आगामी ५ महिनामै अवकाशमा जाँदैछन् भने न्यौपाने आगामी माघ मसान्तमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् ।
एआईजी बन्न आवेदन दिएका सि.सं. १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठमाथि सातदोबाटो गणको गणपति हुँदा रासन घोटालाको अभियोग लागेको थियो । गत १५ चैतमा तीनकुनेमा भएको घटनामा पनि सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप पनि उनीमाथि छ । यद्यपि, उनी आफूलाई काबिल अफिसर भन्न रुचाउँछन् ।
यस्तै, पोखरेललाई पनि नेताहरूसँग उठबस गरेको भन्दै सशस्त्र मुख्यालयले स्पष्टीकरण सोधेको थियो । श्रेष्ठ र पोखरेल दुबैमाथि यसअघि गत पुसमा चार वर्षे पदावधिका कारण अवकाशमा जान लागेका चार डीआईजीको म्याद नथप्न चर्को लबिङ गरेको आरोप लागेको थियो ।
उनीहरूसँगै डीआईजीमा बढुवा भएका उनीहरूकै ब्याचमेट दीपेन्द्र शाह र पुरुषोत्तम थापाले भने आवेदन नै दिएनन् । सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका ९ जनामध्ये ६ जना अहिले डीआईजी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया