काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा एमाले निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले क्लिनस्विप गरेको हो ।
अध्यक्षमा मिश्रले माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दा महासचिवमा मिश्र प्यानलकै केदारप्रसाद कोइराला विजयी बनेका छन् । कोइरालाले श्रेष्ठ प्यानलका राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायी यज्ञमणि न्यौपानेलाई हराएका छन् ।
मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ विजयी भएका छन् ।
आज दिउँसो १ बजे एक कार्यक्रममार्फत अन्तिम नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया