त्रिविमा नेविसंघको असन्तुष्ट पक्षले फाल्यो विद्यार्थी कल्याण प्रमुखको कुर्सी

लोकपथ
987
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तोकिएको समयमा स्ववियु निर्वाचन नभएको भन्दै विद्यार्थीहरुले कुर्सी फालेका छन् ।

चैत ५ गते हुनुपर्ने निर्वाचन विवादका कारण ८ गतेका लागि सारिएपछि असुन्तुष्ट पक्षले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख प्राध्यापक पशुपति अधिकारीको कुर्सी फालेका हुन् ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र उम्मेदवारका सम्बन्धमा विवाद कायमै छ । त्यसो त नेविसंघकै आन्तरिक विवादका कारण निर्वाचन समितिको कार्यालयमा समेत ताला लगाइएको छ । नेविसंघबाटै धेरै जनाको उम्मेदवारी परेपछि संगठनले ती मध्ये दीपकराज जोशीलाई आधिकारिकता दिने निर्णय गरेको थियो । त्यसपछि असन्तुष्ट बनेको नेविसंघको अर्को समूहले तालाबन्दी गरेको हो ।

यता नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाले अनोज कार्की समूहलाई आधिकारिक मान्नुपर्ने अडान कायम राख्दै आइरहेका छन् । तर निर्वाचन समितिले जोशी समूह आधिकारिक रहेको निर्णय गरेको थियो । त्यसपछि असन्तुष्ट समूहले निर्देशक अधिकारीले निर्वाचनका लागि निष्पक्ष भूमिका नखेलेको लगायतका आरोप लगाउँदै कुर्सी फालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?