काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय भामा समेत विरोध भएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी हुन् ।
नेपाली समाजको मूल्य, मान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उनलाई कस्ले दियो ? भन्दै सांसद कोईरालाले प्रश्न समेत गरिन् ।
उनले त्यस्तो अभिव्यक्तिले समाजमा पर्ने असरको समेत हेक्का नराखि अभिव्यक्ति दिएका सांसद घिमिरेले माफी माग्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हिजो प्रतिनिधि सभामा एकजना माननीयज्युले बोल्नेक्रममा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्नेजस्तो घोर आपत्तिजनक विषय राख्नुभएको छ । नेपाली समाजको मूल्यमान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उहाँलाई कस्ले दियो ? समाजमा पर्ने असरलाई उहाँले अलिकति पनि हेक्का नराखि गलत भाष्य स्थापित गर्न खोज्ने माननीयले अविलम्व माफी माग्नुपर्छ ।’
त्यस्तै बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको पदोन्नति किन भएन ? प्रश्न गरिन् ।
उनले मधेशी महिला भएकै कारणले मिश्राको पदोन्नति नगरिएको कारण स्वास्थ्यमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्राको पदोन्नति किन भएन रु मधेशी भएको कारणले कि मधेसी महिला भएको कारणले ? यो विषयमा सम्बन्धित मन्त्रीले सदनमा जवाफ दिओस् भन्ने म माग राख्न राख्न चाहन्छु । नेपाल सरकारका मन्त्रीहरु कहिले कर्मचारीलाई शुन्य नम्बर दिएर र कहिले पदोन्नति रोकेर के गर्न खोजिराख्नु भएको छ ? यसको जवाफ पनि उहाँहरुले दिनुपर्यो ।’
उनले सरकार कहिले कर्मचारीलाई शून्य नम्बर दिएर त कहिले पदोन्नति रोकेर के गर्न खोजिरहेको हो भनेर समेत प्रश्न गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया