मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

लोकपथ
2.3k
Shares

सुनसरी । इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए । 

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?