काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्ने बताएकी छन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको काठमाडौं शैक्षिक मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले विद्यार्थीलाई किताबको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनु पर्ने बताइन् ।
महानगरले सुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको उनको भनाइ छ । हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सिपसहितको शिक्षा प्रदान गर्नुपर्ने उनको जोड छ ।
उप प्रमुख डंगोलले अभिभावकले विद्यार्थीले सिकेका सीपको प्रशंसा गरेर थप सिक्न आत्मविश्वास जगाइ दिनुपर्ने बताइन् । विद्यार्थीले आफूले सीप सिकेर अरू दश जनालाई सीप सिक्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिइन् । काठमाडौं शैक्षिक मेला शनिबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया