काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि उनी घाइते भएका थिए । मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।
बेलुन विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । उनी यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
मेयर आचार्यले आज बिहीबार अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया