काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ४ सय रहेको थियो ।
आज मूल्य तोलामा १ हजार १ सयले वृद्धि भइ १ लाख ७० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको प्रतितोला मूल्य १ हजार ९ सय ७० रहेको थियो ।
आज मूल्य वृद्धि भइ १ हजार ९ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया