माओवादी लक्षित ओलीको टिप्पणी- ‘अगतिला तत्वलाई बोकेर पार लाग्दैन’

लोकपथ
196
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताएका छन् । 

बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अहिले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार रहेको र कांग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताए । उनले ‘अगतिला तत्व’लाई बोकेर पार लगाउन नसकिने निष्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको बताए ।

महादेवको उदाहरण दिँदै उनले महादेवले काँधमा बोकेर विश्व घुम्दा सतीदेवीलाई पार लगाउन नसेको भन्दै माओवादी न सतीदेवी न र सत्यदेवी भन्दै टिप्पणी गरे ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुई छडी सम्झिएको बताए । धम्क्याएर ५ वर्ष नै प्रधानमन्त्री बन्ने भ्रम चिर्दा अहिले बेहाल भएको उनको भनाइ छ  । समाजवादी मोर्चाप्रति लक्षित गर्दै उनले हात्तीको शिकार गर्न १०/१२ वटा स्याल जम्मा भएर वरपर कुदेको टिप्पणी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?