काठमाडौं । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले क्यान्टोनमेनमा घोटाला नभएको कुरा प्रमुख प्रतिपक्ष दलको नेताको बोलीबाट विश्वास गर्न नसकिने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले क्यान्टोनमेनमा गएर आफ्ना लडाकुहरूलाई राज्यले पैसा दिने र त्यसको केही खर्च राखेर अरू विद्रोहको लागि राख्नु भनेर बोल्ने कुराले भ्रष्टाचार भएको पुष्टि हुने जिकिर गरे ।
उनले त्यो भन्दा ठुलो शब्द प्रमाण के हुन्छ भन्दै प्रश्न गरे । उनले नेकपा माओवादी केन्द्रको जिम्मेवार व्यक्तिबाट चीनका व्यापारीसँग पैसा मागेको कुरा पनि सुनिएको भन्दै भ्रष्टाचारमा माओवादी नेताहरू चोखो नरहेको बताए । उनले आफू सबै कुराबाट शुद्ध र अरूलाई मिथ्या ढंगले प्रस्तुत गर्ने कुरा नमिल्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया