काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को विधायिकी काममा राजनीतिक दलहरुले योग्यता प्रस्तुत गर्न नसकेको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले राजनीतिक दल र संसद्ले प्रधानमन्त्री र सरकार बनाउन जति क्षमता विधायिकी कर्ममा राख्न नसकेको बताए ।
संसद्मा सांसदहरुले प्रस्तुत हुने शैलीका कारण जनताको संसद्प्रतिको भरोसामा असर परेको समेत उनले बताए । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक अहिलेसम्म पनि टुंगोमा नपुग्नुमा नयाँ पुराना सबै दोषी रहेको उनको भनाइ छ ।
उनले संसद्को चालु अधिवेशनबाट अख्तियारसम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयक लगायतका विधेयकरुलाई यो टुंग्याएर संसदको प्रधान दायित्वलाई निभाउनुपर्ने बताए ।
सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा उठेका प्रश्नहरूको बारेमा संसद्भित्र र संसद्बाहिर संवाद गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया