अमरेशको आरोप : ‘दुई दल मिलेपछि समावेशिता नाश भयो’ 

लोकपथ
49
Shares

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भएपछि समावेशिता नास भएको टिप्पणी गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले सो कुरा बताएका हुन् । 

उनले दुई हात्तीहरू मिल्ती हुँदा पनि बाली नास हुने र झगडा गर्दा पनि बाली नास हुने उखान सुनाउँदै दुई ठुला दलको मिलानले पनि देश अघि बढ्न नसकेको आरोप लगाए । उनले दुई दल मिलेपछि मधेसी, दलित तथा जनजातिहरूको अधिकार र समावेशिता नास गरेको आरोप लगाए । 

‘के सरकार उल्टो बाटोमा जान खोजेको हो ? संविधानमा स्पष्ट समावेशिताको सिद्धान्त रहेको छ । एउटा उखान छ दुई वटा हात्ती प्यार गर्दा पनि बाली नास हुन्छ र झगडा गर्दा पनि बाली नास भइरहेको हुन्छ ।  यो दुई वटा हात्ती मिलेपछि के भएको छ भने मधेसी, दलित, जनजाती यिनीहरूको समावेशिता नास भइरहेको छ,’ उनले भने । त्यस्तै प्रधानमन्त्रीदेखि सरकारमा सामेल मुख्य दलका नेताहरूले मधेसी समुदायलाई विभेद गरेको समेत उनको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?