अध्यादेशप्रति जसपा नेपाल सकारात्मक, सरकारमा जाने मनशायमा छैनौँ : अध्यक्ष यादव

लोकपथ
217
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् । 

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सांसदबाट अध्यादेश पारित गर्न आफूहरूको कारणले नअड्किएको बताए ।

पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ । देश र जनताको हितमा आफूहरूको निर्णय हुने बताए । सरकारले संसद्को कार्यसूचीमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने उनको भनाइ छ  । उनले अहिले सरकारमा जाने अवस्थामा आफूहरू नरहेको र कुनै मन्त्रालय नचाहिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?