संसदीय समितिद्वारा आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

लोकपथ
42
Shares

काठमाडौं । संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ ।आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।

अनुगमन, निरीक्षण पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीले धनको क्षति भएको बताए ।

उनले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्व तयारीका काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा पूर्व तयारीका साथ काम गर्न महसुस देखिएको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?