काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न सरकारले विभिन्न कदम चालिरहेको बताएका छन् ।
आइतबार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार, निजी क्षेत्र र विकास साझेदारहरूको सहकार्यमा नवप्रवर्द्धनात्मकता समाधानहरु अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक भएको बताए।
नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरूमध्ये पुनः उत्पादक बागवानी एक महत्त्वपूर्ण उपाय भएको बताए। मन्त्री ठकुरीले नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुन उत्पादन कृषि अभ्यासहरूलाई अंगीकार गर्नु अपरिहार्य रहेको बताए।
उनले किसानका लागि जलवायु सम्बन्धी कोषहरू, सहुलियतपूर्ण ऋण तथा प्रोत्साहनमा आधारित प्रणालीहरूको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताए । निजी क्षेत्रलाई दिगो कृषि, व्यवसायहरूमा लगानी गर्न उत्प्रेरित गर्नु र सार्वजनिक निजी समुदायको साझेदारीको प्रवर्द्धन गर्नु उत्तिकै आवश्यक रहेको बताए ।
मन्त्री ठकुरीले भने, ‘हामीले जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न विभिन्न कदम चालिरहेका छौँ । सरकार, निजी क्षेत्र र विकास साझेदारहरूको सहकार्यमा प्रवर्द्धनात्मकता समाधानहरू अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक छ । नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरूमध्ये पुनः उत्पादक बागवानी एक महत्त्वपूर्ण उपाय हो । हाम्रो अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुन उत्पादन कृषि अभ्यासहरूलाई अंगीकार गर्नु अपरिहार्य छ । यस परियोजनाको सुरुवात यसै दिशामा गरिएको एउटा महत्त्वपूर्ण कदमको रूपमा मैले लिएको छु ।’
मन्त्री ठकुरीले बजार पहुँच बिस्तार गर्नु, जलवायुमैत्री प्रविधिहरूको प्रवर्द्धन गर्नु र अनुसन्धान तथा बिस्तार सेवाहरूका लागि लगानी वृद्धि गर्नु अनिवार्य रहेको बताए । कृषि वन प्रणालीलाई नेपालको दिगो भूमि व्यवस्थापन रणनीतिको अभिन्न अंग बनाउने र सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। स्थानीय समुदाय, सहकार्य संस्था, निजी क्षेत्रसँग मिलेर आर्थिक समृद्धि र वातावरण सन्तुलनबीचको सम्बन्धलाई सुदृढ पार्ने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताए पुनः उत्पादक बागवानीको दीर्घकालीन बिस्तारका लागि वित्तीय श्रोतको अभाव एक प्रमुख चुनौतीका रूपमा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया