काठमाडौं । धनगढीमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी ती किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको हो ।
ती किशोरीले प्रहरीलाई बताएअनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाएर आफूसँग हिँड्न भनेको र नहिँडे मारिदिने धम्की दिएका थिए । ती युवकको उमेर अन्दाजी १८ वर्षको रहेको उनको भनाइ छ ।
ती युवकले किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका थिए । पीडित किशोरीले दुई दिनपछि शनिबार मात्र प्रहरीलाई घटनाबारे किटानी जाहेरी दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्ती करण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया