काठमाडौं । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।
आज बिहान ४ः३० बजे नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट बस खसेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताइन् ।
बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया