काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा चुनाव लडिसकेको र अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा र नयाँ शक्तिको रूपमा देशभर छाएको बताए ।
उनले आफूलाई ०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आश गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको बताए । उनले आफूसँग तस्बिर खिच्न, आफूलाई छुन चाहनेहरू अहिले पनि देश दौडाहाका क्रममा बढिरहेको महसुस आफूले गरेको बताए ।
अध्यक्ष दाहालले एक भएर अघि बढेको खण्डमा ०८४ माओवादीको हुने बताए। माओवादीहरू देश परिवर्तनको संवाहक भएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया