सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छ : महामन्त्री शर्मा

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताए ।

उनले सामाजिक सञ्जालको प्रयोगकर्ताहरूले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादाको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गरे । 

उनले सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् भएको बताए । उनले शासन प्रणाली बदलिएको भए पनि शासनको शैली अझै बदल्न नसकेको बताए । उनले विधेयकमाथि सरोकारवालाहरूसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली कांग्रेससँग पनि पर्याप्त छलफल नभएको बताए । 

महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरूले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?