काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका हुन् ।
उनले ६ वटा अध्यादेशबाट २९ वटा कानुन संशोधन गर्ने बताए । उनले कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गरे ।
उनले कानुन कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको बताए । उनले कानुनका जटिलता र कानुन कार्यान्वयनका ढिलासुस्तीलाई उल्झनलाई हटाउन अध्यादेश ल्याइएको बताए । देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल प्रहरी आफन्तहरूको संस्था नभई सबै प्रहरीको घर भएकाले कार्य सम्पादनका आधारमा बढुवा हुनुपर्ने बताए । प्रहरी संगठन देशका लागि हो भन्नेकुरामनन गर्नुपर्ने बताए । नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरीतका कामहरू प्रहरीबाट हुनु नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया