काठमाडौं । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो ।
प्रहरीका अनुसार बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र मन्त्रालयमा रहेका केही कागजातहरू जलेको हाे। आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए ।
अहिले प्रहरीले अनुसन्धान जारी राखेको उनको भनाइ छ । शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए । पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको उनले बताए । दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको बताए ।
खानेपानी मन्त्रालयमा पगेका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए । उनकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया