सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी प्रमुख सचेतक पाण्डेको आरोप 

लोकपथ
49
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्को प्रक्रिया मिचेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले विधयानसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसदमा प्रस्तुत गर्दा जनतालाई झुक्याउने प्रयास गरेको बताए । कानुन निर्माण जस्तो गम्भीर विषयमा आफूलाई मन लागेका कुराहरू घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर छ ।

उनले सरकारले कानुन मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाए । आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?